काठमाडौं वैशाख२८, काठमाडौं उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् । अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौं नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा अन्र्तगत आज रातो मछिन्द्र नाथको रथ बाट नरिवल फाल्ने जात्रा सम्पन्न भएको छ । रथको टुप्पो बाट फालिएको नरिवल जसले भेट्न सक्छ उसलाई पुत्रलाभ हुने जन विश्वास रहेका कारण रथबाट फालिएको उक्त नरिवल टिप्न जात्रामा उपस्थित भएका भक्तजनहरुवीच हानाथाप हुने गरेको पाईन्छ ।
मच्छिन्द्रनाथको रथलाई सुन्धाराबाट लगनखेल पुर्याइएको पहिलो दिन बौ बिगु, दोस्रो दिन छोय्लाबु र तेस्रो दिन भुज्या गरिन्छ । सोही दिन ३र४ बजेतिर नरिवल खसाएर अभिशेष गरिने चलन छ । यसरी सो खसालिएको नरिवल टिप्न सके पुत्रलाभ तथा
मनोकांक्षा पूरा हुने जनविश्वास छ । यसैगरी मच्छिन्द्रनाथसँगै यात्रा गराइने मीननाथको रथको टुप्पाबाट पनि नरिवल खसालिन्छ । नरिवल खसालेको हेर्ने श्रद्धालुको घुइँचो हुने गर्छ ।
नरिवल खसालिएको भोलिपल्ट याक मिसा भुज्या गरिने चलन छ । जसको अर्थ महिलाको समूहले रथ तानिने प्रथा हो । सो दिन बिहानै सबेरै मच्छिन्द्रनाथको रथलाई महिलाले मात्र तानेर नजिकको चारदोबाटोमा पुर्याइने गरिन्छ । यसको लगत्तै लगनखेल नजिकैको रथलाई साइत हेराएर जावलाखेलसम्म तानिन्छ । रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको जावलाखेलमा पुर्याइएको चौथो दिन राष्ट्रपतिलगायत विशेष व्यक्तित्वको उपस्थितिमा भोटो देखाइने प्रचलन रहिअएको छ ।