शुक्रबार, बैशाख ७, २०८१

३३ लाख मूल्यबराबरको सुपारी सहित तीन भारतीय पक्राउ

पर्सा ज्येष्ठ ३, वीरगन्ज भन्सारबाट जाँचपास भई भारततर्फ लैजान लागिएको रु ३३ लाख मूल्यबराबरको सुपारी नियन्त्रणमा लिई आज अञ्चल प्रहरी nutsकार्यालय नारायणी वीरगन्जले सार्वजनिक गरेको छ । वीरगन्जबाट भारततर्फ गइरहेको युपी७८बिएन १०४९ नम्बरको ट्रकमा राखिएको १७ टन अवैध सुपारीसहित तीन जना भारतीय नागरिकलाई वीरगन्जको शङ्कराचार्य गेट अगाडिबाट अञ्चल प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट भारततर्फ सुपारी लैजान लागिएको सूचनाको आधारमा प्रहरीले कारबाही गर्दा अवैध सुपारीसहित भारतको सुक्लागन्ज निवासी किशोरी जैशवाल, शिवकुमार गौतम र सुगवा निवासी लालजित राजवंशीलाई पक्राउ गरिएको अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख वरिष्ट प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । प्रहरीले बरामद गरेको सुपारी र पक्राउ गरिएका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको वरिष्ठ प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो । rss

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930