बिहिबार, बैशाख १३, २०८१

हिन्दू राष्ट्रको पहिचान नसमेटिएको संविधान स्वीकार्य हुँदैन :अध्यक्ष थापा

  •  नयाँ बन्ने संविधानमा राजसंस्थालाई कुनै न कुनै प्रारुपमा प्रतिस्थापित गर्नुपर्छ
  • जनभावना विपरित विदेशीको ईशारामा गणतन्त्र र धर्म निरपेक्ष घोषणा गरिए 

काठमाडौं ज्येष्ठ १०, राजधानीमा आज देखि सुरु भएको राप्रपा नेपालको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले अब बन्ने संविधानमा राजसंस्थालाई कुनैन कुनै प्रारुपमा राष्ट्रिय एकताको प्रतीक राजसंस्थालाई प्रतिस्थापित गर्नु पर्ने बताउँनु भएको छ Kamal-Thapa-Raprapa-Nepal। त्यस्तै सम्बोधनको क्रममा अध्यक्ष थापाले मुलुकमा जनभावना विपरित विदेशीको ईशारामा गणतन्त्र र धर्म निरपेक्ष घोषणा गरिएको आरोप लगाउँदै विदेशीको ईशारामा चल्दै मुलुकको अस्मिता माथि खेलवाद गर्ने राजनैतिकहरुको पर्दाफास गर्ने चेतावनी दिनु भएको छ। साथै हामी एउटै एजेण्डामा सहमति हुनुपर्छ, पूर्खाहरुको सम्पदा र प्राचीन धर्म, संस्कृतिको अन्त्य गरिनु पर्छ भन्ने हाम्रो मान्यता हो भन्दै उहाँले नेपालको सनातन हिन्दू राष्ट्रको पहिचान नसमेटिएको संविधान स्वीकार्य नहुने बताउँनुको  अलावा जनताको अभिमतलाई सम्मान नगरे जनताले राजसंस्थालाई पुनःस्थापित गर्न पछि नपर्ने बताए ।

उद्घाटनसत्रमा नेपाली काँग्रेसका नेता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संविधान निर्माणका क्रममा सबैभन्दा ठूलो पार्टी भएको हैसियतले काँग्रेसले संविधानसभा भित्र र बाहिरका दलहरुलाई सहमतिमा ल्याएर संविधान जारी गरिने बताउनुभएको थियो भने एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक अवस्थामा सबै पक्षको विचारको सम्मान हुनुपर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै गरि पार्टीका वरिष्ठ नेता विश्वबन्धु थापाले बहुदलीय प्रतिस्पर्धामा धर्म र राजसंस्थाका बारेमा जनमत स्पष्ट हुनुपर्नेमा जोड दिनुभएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले संविधान निर्माण गरी प्राप्त उपलब्धीको संस्थागत गर्न जरुरी भएको भन्दै त्यसका लागि संविधानसभाभित्रका दलहरु मिलेर जानुको विकल्प नभएको बताउनुभएको थियो । कार्यक्रममा  नेकपा–माओवादीका पोलिटब्युरो सदस्य हरिभक्त कँडेल नेकपा (माले) का पोलिटब्युरो सदस्य वीरेन्द्र थपलिया, राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरुले बोल्नु भएको थियो । प्रस्तुत महाधिवेशनको बन्दसत्र आइतबारबाट प्रज्ञा भवन कमलादीमा सञ्चालन हुुने र महाधिवेशनले १४५ सदस्यीय नयाँ कार्यसमित चयन गर्ने राप्रपा नेपालले जनाएको छ ।