बुधबार, बैशाख १२, २०८१

सार्क राष्ट्रका सरकार प्रमुखहरुको उपस्थितीमा भारतका १५ औं प्रधानमन्त्री मोदीले लिए सपथ

एजेन्सी ज्येष्ठ १२. भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले आज साँझ भारतको १५ औं प्रधानमन्त्रीको रूपमा पद तथा गोपनियताको को सपथ ग्रहण गर्नुभएको छ । नव नियुक्त प्रधानमन्त्री मोदीलाइ भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति भवनको प्रांगणमा सोमबार आयोजित भब्य Modi_1305265gसमारोहबीच दक्षिण एसियाका आठवटै देशका सरकारप्रमुखहरुको उपस्थितीमा मोदीलाई प्रधानमन्त्री पदको सपथ ग्रहण गराउनु भएको हो ।

सपथ ग्रहण कार्यक्रममा सार्क राष्ट्रका सरकारप्रमुखहरु क्रमस नेपालका प्रधानमन्त्री सुशील कोइराला, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, अफगानिस्तानका राष्ट्रपति हमिद कारजायी, श्रीलङ्काका राष्ट्रपति महिन्द्रा राजापाक्षे मालदिभ्सका राष्ट्रपति अब्दुल्लला यमेन अब्दुल गयुम,भुटानी प्रधानमन्त्री छिरिङ तोग्बे र बङ्गलादेशको तर्फबाट सभामुखको समारोहमा उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री मोदीको सपथलगत्तै मोदी मन्त्रिमण्डलका अरु सदस्यहरुलाई सपथ गराइएको थियो । यसरी सपथ लिने मन्त्रीहरुमा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, पूर्व अध्यक्ष नितिन गडकरी, सुष्मा स्वराज, अरुण जेट्ली, उमा भारती, बैंकया नायडु, धर्मेन्द्र प्रधान, नज्मा ए अब्दुल्लाह, गोपीनाथ मुण्डे, रविशंकर प्रसाद, रामविलाश पासवान, पूर्व सेना प्रमुख वीके सिंह लगायतका रहेका छन् ।