बुधबार, बैशाख १२, २०८१

समस्याग्रस्त १ सय३० वटा सहकारी विरुद्ध उजुरी दर्ता

काठमाडौं ज्येष्ठ ५, सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रममा सरकारद्वारा समस्याग्रस्त सहकारीको समस्या समाधानका लागि गठित आयोगमा सहकारीसँग सम्बन्धित १३० वटा समस्याग्रस्त सहकारी संस्थाहरूको उजुरी परेको सहकारी तथा गरिबी निवारण  मन्त्रालयका सहप्रवक्ता सानुकाजी देसारले बताउँनु भएको छ ।

त्यस्तै सहप्रवक्ता देसारका अनुसार सरोकारवालाबाट १२ हजार ९६२ वटा उजुरी प्राप्त भएको र यस मध्ये ओरेन्टल ऋण तथा बचत तथा सहकारी संस्थाका सम्बन्धमा ६ हजार ८९४ उजुृरी दर्ता भई ११ हजार ८४० खाताको उजुरी परेकामा ब्याजबाहेक रु चार अर्ब २० करोडको दाबी परेको उहाँले जानकारी दिनुभएको छ।

यसैगरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता क्षेत्रबहादुर भण्डारीले वर्ष २०७१ को वैशाख महिनामा सम्पन्न चार वटा मन्त्रिपरिषद्को बैठकले १सय २ वटा नितिगत निर्णय गरेको जानकारी दिदै प्रधानमन्त्रीको कार्यालयमा जन समस्या समाधानको लागि स्थापित हेलो सरकारमा प्राप्त २०७० चैतमा विभिन्न ६सय२वटा उजुरी प्राप्त भएकोमा ति उजुरी मध्ये ४१७ वटा उजुरीलाई सम्बोधन गरिसकेको बताउँनु भएको छ ।

त्यस्तै आजको कार्यक्रममा संविधानसभा तथा संसदीय मामिला मन्त्रालय ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल ट्रष्टको कार्यालयबाट सम्पादन भएको कामकारवाहीका सम्बन्धमा जानकारी दिइएको थियो ।