शनिबार, बैशाख ८, २०८१

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन राष्ट्रपतिद्वारा प्रमाणित

काठमाडौँ वैशाख २८ , बेपत्ता पारिएका व्यक्तिका छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक, २०७१’ लाई नेपालको अन्तरिम सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक, २०७१’संविधान, २०६३ को धारा ८७ बमोजिम आज राष्ट्रपति डा रामवरण यादवबाट प्रमाणीकरण भएको छ । प्रस्तुत विधेयकलाई व्यवस्थापिका–संसद्को गत वैशाख १२ गतेको बैठकले पारित गरेको थियो ।
अन्तरिम संविधानको धारा ८७ बमोजिम राष्टपतिले यो ऐन प्रमाणिकरण गरेका हुन । संविधानमा व्यवस्थापिका संसदबाट स्वीकृत ऐनलाई राष्टपतिले प्रमाणिकरण गर्नुपर्ने व्यवस्था छ । तत्कालिन माओवादी र अन्य दलबीच भएको १२ बुँदे सहमति अनुरुप द्धन्द्धकालमा घटेका मुद्धाको छिनोफानो गर्नका लागि सो आयोग बनाउने ऐन ल्याइएको हो । ऐनमा गम्भिर प्रकृत्तिका मुद्धामा पिडितको स्वीकृत्ति वेगर पिडकलाई माफि नदिइने व्यवस्था गरिएको छ ।