बिहिबार, बैशाख १३, २०८१

सकिन्छ भने सहमति होईन भने मित्रवत् प्रतिस्प्रर्धा गर्न काँग्रेस प्रचार विभाग प्रमुखको आग्रह

काठमाडौँ  युनियनको निर्वाचन भोलि 

काठमाडौँ ज्येष्ठ १७, राजधानी एक विशेष कार्यक्रमकावीच नेपाल प्रेस युनियन काठमाडौँ शाखाको सातौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेपाली काँग्रेस प्रचार विभाग प्रमुख एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले व्यावसायिक मर्यादालाई आत्मासाथ गरी पत्रकारिता गर्न आम पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।

press union agmत्यस्तै उहाँले श्रमजीवी पत्रकार ऐन र स्वास्थ्य बिमा लागू गर्न सरकार एकदम सकारात्मक रहेको बताउँदै आगामी ३ वर्षको नेतत्व चयनको क्रममा रहेको युनियनका पदाधिकारीलाई सकिन्छ भन सहमति गरेर होईन भने मित्रवत् प्रतिस्पर्धा सहित आफ्नो नेतृत्वको चयन गर्न पनि आग्रह गर्नु को अलावा आसन्न प्रेस युनियनको केन्द्रीय अधिवेशनमा पार्टीले कुनै हस्तक्षेप नगर्ने नीति रहेको जानकारी दिदै गर्दा उपस्थित पत्रकार जमातले करतलध्वनी बजाएका थिए ।
त्यस्तै कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै काठमाडौं काग्रेसका सभापति तथा सभासद् भीमसेनदास प्रधानले युनियनले गौरवशाली इतिहासलाई सकारात्मकरुपमा अगाडि बढाउँदै आम श्रमजीवी पत्रकारको हक हितमा चलायमान बनाउँनु आजको आवश्यकता रहेको बताउँनु भएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, कविर राणा, कार्यवाहक अध्यक्ष बद्री सिग्देल ,तेजप्रकाश पण्डित तथा युनियनका पूर्व अध्यक्षहरू रमेश तुफान, कुलचन्द्र वाग्ले, मुरारी शर्मा, समिरजङ्ग शाह, ऋिषि धमला ,किरण पोखरेललगायतले प्रेस युनियनको निर्वाचनमा सहमति गरेर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।

यसै विच आज हुने भनिएको काठमाडौँ  युनियनको निर्वाचन भोलिका लागि सारिएको छ । निर्वाचनमा युनियनको नेतृत्व लिन बहालवाला उपाध्यक्ष, सचिव र सहसचिव तिनैजना चुनावी मैदानमा खडा भएपछि सहमतिका लागि भन्दै भएको पटक पटकको छलफलका कारण समयाभावका कारण निर्वाचनको सम्पूर्ण कार्यक्रम भोलिका लागि सारिएको हो । भोलि नेपाल प्रेस युनियनको केन्द्रीय कार्यालयमा विहान देखि निर्वाचनको  कार्यक्रम हुने बताईएको छ ।