शुक्रबार, बैशाख १४, २०८१

संविधानसभामा विषगत प्रतिवेदनमाथि आजदेखि बहस प्रारम्भ

संविधानसभा बैठक :

 काठमाडौं ज्येष्ठ १, संविधानसभाको बैठकमा संविधानसभाअन्र्तगत संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिले प्रस्तुत गरेको प्रतिवेदनमाथि सभासदहरूले बोल्ने क्रम सुरु भएको छ । अघिल्लो संविधानसभाका प्राकृतिक स्रोत, आर्थिक अधिकार, राजस्व बाँडफाँड समिति र राष्ट्रिय bicc 1 (1)हित संरक्षण समितिका प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदा प्रतिवेदनमा भएका सहमतिको निक्र्यौलसम्बन्धी प्रतिववेदन आजको बैठकमा प्रस्तुत भएपछि त्यसमाथि सभासद्हरूले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको छ ।

सहमति भएका विषयको प्रतिवेदनमाथि सैद्वान्तिकरुपमा सभासदहरूले आआफनो धारणा राख्नुभएको हो । संविधानसभा बैठकमा छलफलपछि सो प्रतिवेदन प्रारम्भिक मस्यौदाका लागि संविधान मस्यौदा समितिमा पठाउने प्रस्ताव निर्णयार्थ पेस गर्ने कार्यसूची रहेपनि सभासद्ले बोल्ने क्रम जारी रहेकाले छलफलको लागि जेठ ४ गतेको समय तोकिएको छ ।

त्यस्तै संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिका सभापति विष्णु पौडेलले उक्त प्रतिवेदन आजको बैठकमा प्रस्तुत गर्दै अघिल्लो संविधानसभा पूर्णरुपमा विफल नभएको र कतिपय विषय प्रक्रियामा समेत पुगेर निर्णयमा पुगेकाले विगतका भएका स्वामित्वलाई ग्रहण गर्दा अहिले कतिपय काम गर्न सजिलो हुने बताउनुभयो । ऋजको बैठकमा सभासद्हरु क्रमस प्रकाश ज्वाला, नारायणमान विजुक्छे अर्जुननरसिंह केसी, सुरेन्द्र पाण्डे, चित्रबहादुर केसी,शिवलाल थापा, प्रेमबहादुर सिंह, रवीन्द्र अधिकारी, टेकबहादुर बस्नेत, रामजनम चौधरी, गङ्गाधर तुलाधर, तुलाराज विष्ट, भरत शाह, असीम अलि सिद्विकी, सोमप्रसाद पाण्डे, कृष्णभक्त पोखरेल, लगायत तीनदर्जन बढी सभासद्ले बोल्नुभएको थियो । संविधानसभाको अर्को बैठक जेठ ४ गते दिउँसो १ बजे बस्नेछ ।