बिहिबार, बैशाख १३, २०८१

विशेष पूजाको कमिसनको सवालमा पशुपति नाथको भट्ट र कोषवीच सहमति

काठमाडौं ज्येष्ठ ४, विगत ३७ दिनदेखि पशुपति नाथको विशेष गरे गरेवापट कमिुसनको माग गर्दै विशेष पूजा ठप्प पार्दै आएका भट्टहरुले पशुपतिजाथको विशेष पूजा गरेबापत १७ प्रतिशत कमिसन पाउउन भएका छन । विशेष कमिसन उपलब्ध गराउने सम्बन्धमा पशुपति क्षेत्र विकास कोष pashupatiर पुजारीबीच बिहीबार भएको छलफल पछि कोष यस्तो निर्णयमा पुगेको हो ।

यसअघि पुजारीहरूले २५ प्रतिशत कमिसन माग्दै विगत ३७ दिनदेखि विशेष पूजा ठप्प पार्दै आएका थिए।

यसैवीच प्रस्तु प्रसंगमा आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उल्लेख भए अनुसार कोषले समस्या समाधानका लागि भए पनि कमिसन दिनुपर्ने भयो । त्यसैअनुसार हामीले छलफल गर्‍यौं । पुजारीहरू पनि सहमत भए, बैठकका एक सहभागीले भने, प्रत्येक दिन दर्शनार्थी खिन्न भएर जाने अवस्था आएको छ । जसरी पनि समाधान निकाल्न कमिसन दिन तयार भएको जनाएको छ । त्यस्तै यस विषयमा अब अनुमोदनका लागि पर्यटन तथा संस्कृति मन्त्रालयमा पठाउँने तयारी कोषले गरेको बुझिएको छ ।

विशेष पूजा ठप्प हुँदा वैशाख महिनामा मात्र १ करोड १५ लाख रुपैयाँभन्दा बढी कोषलाई घाटा भएको छ । प्रत्येक दिन मन्दिरमा १ सय २० भन्दा बढी विशेष पूजा हुने गर्छन् । यसबापत हरेक दर्शनार्थीले कम्तीमा १ हजार १ सय रुपैयाँ बुझाउनुपर्छ । कोषका अनुसार यसका लागि २५ लाख रुपैयाँ खर्चनेसमेत छन् । कोषको मुख्य आम्दानी स्रोत नै विशेष पूजा हो । वैशाख र साउनमा सबभन्दा बढी यस्तो पूजा हुन्छ । पशुपतिमा वासुकी पञ्चामृत, बालभोग पञ्चामृत, रुद्रीसहित पञ्चामृत, लघुरुद्री पञ्चामृत र सवा लाख बत्ती नामक विशेष पूजा गरिन्छ । यस्तो पूजा रोकिएकाले हिजोआज दर्शनार्थी फूलमाला मात्र चढाएर र्फकर्ने गरेको बुझिएको छ ।