शुक्रबार, चैत्र १६, २०८०

विवादास्पद अभिव्यक्तिको नाममा काठमाडौं प्रहरी प्रमुख खरेल मुख्यालयमा तानिए

काठमाडौँ ज्येष्ठ १२, मर्यादा विपरीत आफ्नो संगठनका अधिकारीको विपक्षमा अभिब्यक्ति दिएको भन्दै छानविनको लागि समिति गठन गरेको 2014-02-08-1391912132भोलीपल्टै प्रहरी मुख्यालयले महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक रमेश खरेल मुख्यालयमा तानिएका छन्। त्यस्तै स्रोतका अनुसार प्रहरी मुख्यालयले खरेललाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेबारीबाट हटाउने निर्णय गरेसंगै खरेलको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईबी०का निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई पठाउने निर्णय गरेको बुझिएको छ ।
खरेलले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा डीआइजीहरु एआइजी हुन पैसाको ब्रिफकेस बोकेर नेता र मन्त्रीको घर धाइरहेको अभिब्यक्ति दिएर विबादमा तानिएका थिए । उनले संगठनको नीति विपरीत गएर अभिब्यक्ति दिएको भन्दै प्रहरी मुख्यालयले डिआईजिपीको संयोजनमा छानबीन समिति समेत गरेको हो ।