शुक्रबार, बैशाख ७, २०८१

लायन्सका डिष्ट्रिक्ट पदाधिकारीलाइ विशेष तालिम

काठमाडौँ ज्येष्ठ १२, लायन्स क्लव इन्टरनेशनल नेपाल डिस्ट्रिक्ट ३२५ बी १ ले लायन वर्ष २०१४—१५ को अवसरमा आफ्नो शाखा अन्तर्गत रहेका क्लवका पदाधिकारीहरुका लागि विशेष तालिमको आयोजना गरेका छन । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी १ को गर्भनरमा भूगोल शेरचन निर्वाचितभएयता लायन्सको प्रस्तावित लक्ष्य प्राप्त गर्न तथा वार्षिक कार्यक्रमको योजना तर्जुमा गर्न तालिमको आयोजना  गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । तालिममा काठमाडौं, गुल्मी धादिङ र अर्घाखाँचीका शाखा अन्तर्गत रहेका ७२ वटा क्लबका शाखा अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता रहेको थियो ।

नव निर्वाचित गभर्नर लायन भूगोल शेरचनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लायन्स् डिष्ट्रिक ३२५ वि १ नेपालका डिष्ट्रिक गभर्नर लायन युक्त प्रसादको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।   तालिका सहभागीहरुलाई  past प्रेसिडेन्ट लायन राजन लम्साल, पीएमजीएफ लायन गिरिधारी शर्मा, डीसीएस लायन मणिश्री रत्न बज्राचार्य र पीपीजी लायन गौतममान श्रेष्ठले तालिम दिनु भएको थियो ।   कार्यक्रमको अन्त्यमा लायन्स क्लब अफ बालाजुका नवनिर्वाचित अध्यक्ष लायन शुशिला पाख्रिनले धन्यवाद अभिव्यक्ति र भू.पू. गर्भनर लायन भरत लाल श्रेष्ठ, लायन महेन्द्र बहादुर श्रेष्ठले बधाई तथा शुभकामना मनतव्य व्यक्त गर्नु भएको  डिष्ट्रिक क्याविनेट सेक्रेटरी लायन मणिश्री रत्न बज्राचार्यद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930