बुधबार, बैशाख १२, २०८१

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

rbyकाठमाडौँ ज्येष्ठ २, राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्रीको सिफारिसमा यही ज्येष्ठ १६ गते अपराह्न १ बजेका लागि व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपतिले उक्त दिन अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।