बिहिबार, बैशाख १३, २०८१

राप्रपा नेपालको महाधिवेशन आजदेखि राजधानीमा सुरु हुँदै

काठमाडौँ ज्येष्ठ १०, संवैधानिक राजतन्त्रको मागसहित राप्रपा नेपालको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । आज दिउँसो खुलामञ्चमा RPPN-Jhanda1हुने महाधिवेशनका लागि राप्रपा नेपालका कार्यकर्ताहरु विभिन्न जिल्लाबाट राजधानी भित्रने क्रम बिहानैदेखि सुरु भएको छ । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने पार्टी अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।

राप्रपा नेपालको अध्यक्षका लागि थापासहित अहिले सहअध्यक्ष रहेका पद्मसुन्दर लावतीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि थापा नै पुन अध्यक्ष निर्वाचित हुने सम्भावना बढी रहेको राप्रपा नेपालका नेताहरुले बताएका छन् । आज खुलामञ्चमा हुने उद्घाटन कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरुले पनि संवोधन गर्ने कार्यक्रम रहेको छ । आज उद्घाटन सकिएपछि समय रहे आजै र नभए भोलीबाट वन्दसत्र सुरु हुनेछ । वन्दसत्रमा विधान संशोधन लगायतका प्रस्ताव पेश हुने बताइएको छ । यही महाधिवेशनबाट पार्टीको नाम फेर्ने भनिए पनि अहिलेसम्म त्यसबारे भने केही टुंगो नलागेको स्रोतले बताएको छ । महाधिवेशनको वन्दसत्रमा प्रतिनिधि र पर्यवेक्षक गरी झण्डै २५ सयको सहभागिता रहनेछ ।