शनिबार, बैशाख ८, २०८१

यस्तो छ आयोगद्दारा सार्वजनिक उपनिर्वाचन कार्यक्रमको तालिका

 काठमाडौ ज्येष्ठ १,  निर्वाचन आयोगले संविधानसभा सदस्य उपनिर्वाचनका लागि क्रमस काठमाडौं क्षेत्र न।२ चितवन–४, बर्दिया–१ र कैलाली–६ गरि चार निर्वाचन क्षेत्रमा आगामी असार ८ गते हुने उपनिर्वाचनका लागि आयोगले आज निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

jip (1)आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार यि चारै निर्वाचन क्षेत्रमा विद्युतीय मतदान उपकरणद्वारा मतदान हुने जनाउँदै प्रस्तावित निर्वाचनको कार्यक्रम देहाअनुरुप हुने जनाएको छ । जेठ ११ गते उम्मेदवारको मनोनयन दर्ता, १२ गते उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन, १३ गते उम्मेदवारको विरोधमा उजुरी दिन, १४ गत मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारको नाम फिर्ता लिने, १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । ती सबै कार्यक्रम समय बिहान १० देखि ५ बजेसम्म तोकिएको छ भने मतदान असार ८ गते बिहान ७ देखि ५ बजेसम्म हुने आयोगले जनाएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचनमा दुई क्षेत्रबाट विजयी भएका सांसदहरुले एक क्षेत्र छोड्नुभएपछि ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं २, नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले चितवन–४, नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतमले बर्दिया–१ र नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली–६ छोड्नुभएका कारण यि क्षेत्रहरुमा उप निर्वाचन हुन् लागेको हो ।