शुक्रबार, चैत्र १६, २०८०

मुलुकको प्रजातन्त्र र प्रजातान्त्रिक शक्ति उग्रवामपन्थी धरापमा : अध्यक्ष थापा

बन्द सत्रमा आज नया नेतृत्व चयन बारे छलफल हुने 

काठमाडौँ ज्येष्ठ १२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आइतवारबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । अध्यक्ष थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा मुलुकको समसामयिक राजनीतिकका विश्लेषण गदै राप्रपा नेपालले अन्य Kamal-Thapa-Raprapa-Nepalराजनीतिक दलहरुलाई हेर्ने दृष्टिकोण तथा पार्टीको भावी कार्यदिशाको दिशावोध गर्नुको अलावा अहिले मुलुकमा प्रजातन्त्र र प्रजातान्त्रिक शक्ति उग्रवामपन्थी धरापमा परी कमजोर भएको स्पष्ट जिकीर गरिएको छ । त्यस्तै , मुलुकको राष्ट्रिय अखण्डता तथा हिन्दू पहिचान सङ्कटमा परेको, विदेशी चलखेलको प्रभाव बढेको भन्दै संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र धर्मसापेक्ष हिन्दु राष्ट्रको पक्ष र राज्य व्यवस्थाको प्रभावकारितामा ह्रास आएको प्रसंग पनि उल्लेख गरिएको छ ।

त्यस्तै बन्दसत्रमा महामन्त्री चन्द्रबहादुर गुरुङले समग्र मुलुकमा पार्टीको साङ्गठनिक अवस्था, विगतका कार्यक्रम र भावी कार्ययोजनाको प्रतिवेदन र विधान संशोधन समितिका संयोजक विष्णु भट्टराईले प्रस्तुत गरेको संशोधन प्रस्ताव उपर ३३५ प्रतिनिधिले आ-आफ्नो धारणा प्रस्तुत गरेपछि बन्दसत्र आज बिहान ८ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको थियो । त्यस्तै राप्रपा नेपाल सम्बद्ध स्रोतका अनुसार अहिले केहि वेरमानै बन्दसत्र सुरु हुन गइरहेको   जानकारी दिदै जारी बन्द सत्रमा आज नया नेतृत्व चयन बारे छलफल हुने बताएका छन । महाधिबेशनले नयाँ नेतृत्व चयन संगै बिधान संशोधन, राजनीतिक प्रस्तावमा छलफल गरी पारित गर्नेछ । महाधिबेशनमा देशभरका २ हजार ९ जना प्रतिनिधि र ५ सय पर्यवेक्षक सहभागि छन् । महाधिबेशन मंगलवार सकिनेछ ।