बिहिबार, बैशाख ६, २०८१

महानगरमा बाल अधिकार तथा सोको संवद्र्धनका लागि समिति गठन

काठमाडौँ ज्येष्ठ ५, काठमाडौँ महानगरपालिकाले बाल अधिकार तथा संवद्र्धन कार्यक्रम कार्यान्वयन निर्देशिकाअनुसार बालबालिकाको जीवन kmcरक्षा, संरक्षण, सहभागिता र विकाससम्बन्धी विभिन्न कार्यका साथै विशेषगरी अभिमुखीकरण तालिम, बालश्रम अनुगमन लगायतका कामकारवाहीको आयोजनार्थ महानगरका विभिन्न वडामा बाल संरक्षण तथा संवद्र्धन समितिको अवधारणा कार्यान्वयमा ल्याउँने भएको छ ।

महानगरलाई बालमैत्री नगरका रूपमा विकास गर्ने उद्देश्यले महानगरको संयोजकत्वमा बालबालिकाका क्षेत्रमा कार्यरत कन्सर्न नेपाल, सिविन, सिभिस लगायत संस्थाको सहकार्यमा प्रस्तुत अवधारणा कार्यान्वयमा ल्याउँन लागिएको हो । साथै बाल संरक्षण तथा संवद्र्धन समिति महानगरकापालिका अन्र्तगतका वडा नं ३, ६,१०, १३, १४, १६, १८, २५, ३१ र ३५ मा बाल संरक्षण तथा संवद्र्धन समिति स्थापना भईसको र बाँकी वडा समितिहरुमा पनि चालु आवभित्र समिति गठन गरिने महानगरले जनाएको छ ।