बिहिबार, बैशाख १३, २०८१

मन्त्री पौडेलको ठाडो आदेशमा राखेपका सदस्य सचिव लामाको बर्खास्ती

काठमाडौं ज्येष्ठ २, युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवाराज लामालाई बर्खास्त गरेका छन् । image.php_4लामासँगै अन्य पाँचजनालाई पनि बर्खास्त गरिएको बताइएको छ । २०६६ सालमा सदस्य सचिव नियुक्त भएका हरिबाबु चौधरीले आफ्नो चार बर्षे कार्यकाल पुरा नहुँदै २ वर्षमै २०६८ साल जेठमा राजिनामा दिएका थिए । त्यसपछि बनेको सरकारले युवाराज लामालाई सदस्य सचिव बनाएको थियो ।
नयाँ सदस्य सचिव नियुक्त नहुन्जेलका लागि भने त्यसको जिम्मेवारी निर्वाह गर्न युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुणामणि पौडेललाई तोकिएको मन्त्रालय स्रोतलाई उदृत गर्दै  प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैबीच,सरकारको बर्खास्तगीमा परेका लामाले आफु यसको विरुद्धमा अदालत जाने संकेत गरेका छन् ।सरकारको बर्खास्तसँगै आफ्नो फेसबुक स्ट्याटस लेख्दै अदालत जाने संकेत गरेका हुन् । उनले गिताको उक्ति जे हुन्छ राम्रैको लागि हुन्छभन्ने उक्ति उल्लेख गर्दै फेसबुक स्ट्याटसमा लेखेका छन् ‘ सर्बोच्च अदालतको चैत १७, २०६८को फुल बेन्चको फैसला,तत्कालिन सदस्यसचिब रुकुम सम्सेरको फैसला र उपाध्यक्षा पिताम्बर तिमील्सिना को स्टे अडर नजिर हुँदा हुँदै पनि सरकाले हठपूर्वक गैर कानुनी निर्णय गरेको उल्लेख गरेका छन ।