बुधबार, बैशाख १२, २०८१

मन्त्रिपरिषद्को बैठक: योजना आयोगमा सदस्यहरुको नियुक्ति

 काठमाडौं ज्येष्ठ २,   मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले विभिन्न सात जना महानुभावलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको छ singhadurbar। यसरी आयोगको सदस्यमा नियेक्त भएका व्यक्तिहरुमा क्रमस डा भारतेन्द्र मिश्र, डा विमला राई, डा चन्द्रमणि अधिकारी, डा गोविन्द नेपाल, डा यज्ञबहादुर कार्की, डा प्रेमप्रसाद दङ्गाल र डा स्वर्णीम वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको कानुन, न्याय तथा संविधानसभा मामिला मन्त्री नरहरि आचार्यले बताउनुभयो । आयोगको उपाध्यक्षमा भने यसअघि नै डा गोविन्द पोखरेल नियुक्त भइसक्नुभएको छ ।

यसैगरी बैठकले काठमाडौँमा दु्रतगतिमा विकास भइरहेको हाउजिङ कम्पनीमा देखिएका समस्याको जाँचबुझ गरी समस्या निराकरण गर्न कुमार लोहनीको संयोजकत्वमा आवास जाँचबुझ आयोग गठन गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरी व्यवस्थापिका–संसद्को आगामी अधिवेशन यही जेठ १६ गतेदेखि सुरु हुने सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो । आजको बैठकले नेपाली सेनाको प्राविधिक उपरथीमा लोकसेवा आयोगबाट हुने नियमित नियुक्ति गर्नुका साथै नेपाल औषधि लिमिटेड सञ्चालन गर्ने निर्णयसमेत गरेको मन्त्री आचार्यले बताउनुभयो ।