बुधबार, बैशाख १२, २०८१

मजदुरलाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउने  प्र.म कोइरालाको प्रतिबद्धता 

 काठमाडौँ  वैशाख १८, एकसय पच्चिसौँ मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसले आज वसन्तपुरमा आयोजना गरेको बृहत् मजदुर सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले मजदुरलाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा  प्रधानमन्त्री कोइरालाले शान्ति, स्थायित्व र विकासका लागि एक वर्षभित्रै लोकतान्त्रिक संविधान जारी गर्नुको विकल्प नरहेको उल्लेख गर्दै यसका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।  तस्बिरः प्रदीपराज वन्त–