बुधबार, बैशाख १२, २०८१

भालुको आक्रमणबाट एकको मृत्यु, एक गम्भीर घाइते

म्याग्दी ज्येष्ठ ११ , म्याग्दीको कुइनेमङ्गले–४ पात्लेखेतमा भालुको आक्रमणबाट एक महिलाको ज्यान गएको छ भने अर्की एक महिला गम्भीर घाइते भएकी छन् । गाउँको लसुनबारी र पल्लो पुछारखर्कको बीचमा गाई चराउन गएको अवस्थामा जङ्गली भालुको आक्रणबाट स्थानीय ५१ वर्षीया Captureजमायाँ पुनको ज्यान गएको हो ।

भालुको आक्रमणबाट स्थानीय प्रितीमायाँ पुन गम्भीर घाइते भएकी हुन् । उनलाई गाउँमा प्राथामिक उपचारपछि जिल्ला अस्पताल बेनी ल्याइएको स्थानीय जनसमाज प्राविका प्रधानाध्यापक गमबहादुर छन्त्यालले जानकारी दिनुभयो । दिउँसो जङ्गलमा गाई चराउन गएका उनीहरू अबेरसम्म पनि घरमा नआएपछि खोजतलास गर्दै जाँदा गाउँलेले उनीहरूलाई घाइते अवस्थामा फेला परेका थिए । दुवै जनालाई घर ल्याउँदै गर्दा जमायाँको बाटैमा मृत्यु भएको प्रधानाध्यापक छन्त्यालले जानकारी दिनुभयो

घटनास्थल पुग्न जिल्ला सदरमुकाम बेनीबाट दुई दिन लाग्छ । गाउँ नजिकै जङ्गलमा भालुले यसरी आक्रमण गरेपछि गाउँले त्रसित बनेका छन् । घटना घटेको खबर पाएपछि पाखापानी प्रहरीचौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको प्रधानाध्यापक छन्त्यालले जानकारी दिनुभयो । रासस