बिहिबार, बैशाख १३, २०८१

प्रेस युनियन मोरङ अध्यक्षमा श्रेष्ठ

विराटनगर ज्येष्ठ १७, प्रेस युनियन मोरङको आज सम्पन्न आठौँ महाधिवेशनबाट मीनकुमार श्रेष्ठ २२ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन । press unionउहाँका प्रतिद्वन्द्वीद्वय भीम घिमिरेले २१ र भोजराज बस्नेतले १८ मत प्राप्त गरेका थिए ।

उपसभापति, सचिव, सह–सचिवद्वय एवम् कोषाध्यक्षमा क्रमशः कुमार लुइँटेल, विनोद सुवेदी, गोपाल पोखरेल, सुनिल पोखरेल र दिनेश गिरीलाई चयन भएका छन भने सदस्यहरुमा यज्ञ अधिकारी, तेजन खड्का, केशव न्यौपाने, द्रोण पौडेल, जनकप्रसाद घिमिरे, गोपाल काफ्ले, प्रशान्त निरौला, गणेश पोखरेल र केदार अधिकारी छनौट भएका छन । त्यसैैगरी महाधिवेशनले केन्द्रीय पार्षद्मा १७ जनालाई छनौट गरेको छ ।