शनिबार, बैशाख ८, २०८१

प्रम कोइरालाको नयाँदिल्लीमा स्वागत, स्वागत पछि भेटघाटमा व्यस्त

काठमाडौँ ज्येष्ठ १२, प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज बिहान नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री सुशील कोइरालालाई आज नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालय र नेपाली दूतावासका वरिष्ठ कर्मचारीले Sushil-Koirala-8स्वागत गरेका छन् ।

प्रधानमन्त्री कोइरालालाई भारतीय विदेश मन्त्रालयका सहसचिव, शिष्टाचार महापाल नेपालका लागि भारतीय राजदूत रञ्जित रे, नयाँदिल्लीस्थित कार्यवाहक नेपाली राजदूत कृष्णप्रसाद ढकाललगायत कर्मचारीले स्वागत गर्नुभएको हो ।  नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोह आज साँझ ६ बजे तय भएको छ । त्यसअघि प्रधानमन्त्री कोइरालाले निवर्तमान प्रधानमन्त्री डा मनमोहन सिंहलगायत उच्च पदाधिकारीलाई भेट्ने कार्यक्रम रहेको बुझिएको छ । यसैवीच प्रधानमन्त्री सुशील कोइराला इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त हुनुभएको समाचार स्रोतहरुले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाले आज अपराह्न १६ः४५ बजे भारतका निवर्तमान प्रधानमन्त्री डा मनमोहन सिंहसँग उहाँको निवासमा भेट गर्ने र त्यस पछि प्रधानमन्त्री कोइराला नवनियुक्त प्रम नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको थाह भएको छ ।