शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री र राष्ट्रपतिवीच भारत भ्रमणका विषयमा भेटवार्ता

भारत भ्रमणको सवालमा सत्ता साझेदारदल नेकपा एमालेसंग पनि छलफल

काठमाडौँ ज्येष्ठ १०, राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच आज साँझ भारत भ्रमणका विषयमा भेटवार्ता भएको छ । भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा छिमेकी सरकार प्रमुखको हैसियतले सहभागी हुन लाग्नुभएका प्रम कोइरालाले imageभेटवार्ताको क्रममा आफुले सोमबार गर्न लागेका भारत भ्रमणबारे जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभएको बुझिएको छ । नवनियुक्त भारतीय प्रम मोदीको शपथ ग्रहण समारोहमा भारतले सार्क राष्ट्रका सबै सरकार प्रमुखलाई निम्ता गरेको सन्दर्भमा प्रधानमन्त्रीले भारत जाँदै हुनुहुन्छ ।

यसैवीच प्रम कोइरालाले आफ्नो भारत भ्रमणको सवालमा सत्ता साझेदारदल नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदार र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह सँग पनि छलफल गर्नुभएको छ । यसअघि प्रम कोइरालाले भारतका लागि पूर्वनेपाली राजदूत प्रा लोकराज बराल, डा भेषबहादुर थापा, दुर्गेशमान सिंह, शम्भुराम सिंखडा, पोषराज पाण्डे, डा केदारभक्त माथेमा, गेजा शर्मा वाग्लेसँग पनि विशेष छलफल गर्नुभएको थियो ।