शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्री कोइराला आज अपरान्ह स्वदेश फर्किदै

काठमाडौं ज्येष्ठ १४, नवनियुक्त भारती प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा भाग लिन छिमेकी मुलुक गत सोमवार भारत भ्रमणमा जानु भएका प्रधानमन्त्री सुशील कोइराला आज काठमाडौँ फर्किदै छन् । समाचार स्रातका अनुसार स्वदेश फर्किनुअघि प्रधानमन्त्री कोईरालाले भारतीय ModiAndKoiralaजनता पार्टीका नेता लालकृष्ण आडवाणी, काँग्रेस आइका नेता करण सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ।

यसअघि मङलवार प्रधानमन्त्री कोइरालाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी तथा आफ्ना समकक्षी नवनियुक्त भारती प्रधानमन्त्री नरेन्द्र मोदीसंग विशेष भेटवार्ता गर्नु भएको बताइएको छ ।भेटका क्रममा प्रधानमन्त्री कोइरालाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र मोदीले पशुपतिनाथ दर्शनका लागि आफु इच्छुक भएको भन्दै कार्यतालिका मिलाएर नेपाल नेपाल आउने बताउँनु भएको संचार माध्यमहरुले जनाएको छ ।त्यस्तै  प्रधानमन्त्रीका सञ्चार सहयोगी प्रकाश अधिकारीले कोइराला दिउँसो साढे ३ बजेपछि काठमाडौँ आइपुग्नु हुने बुझिएको छ  । भारत भ्रमणको क्रममा प्रम कोइरालाल हिजो सपथ ग्रहण कार्यक्रममा सहभागि सार्क राष्ट्रका प्रमुखहरुसँग पनि भेटवार्ता गर्नु भएको थियो ।