बिहिबार, बैशाख ६, २०८१

पशुपतिमा आजबाट विशेष पूजा सुरु

काठमाडौँ ज्येष्ठ ८, विशेष पूजा संचालनको क्रममा १८ प्रतिशत पाउने गरी पशुपति क्षेत्र विकास कोष र भट्टवीच सहमति भएपछि आजबाट pashupatiपशुपतिनाथको मन्दिरमा विशेष पूजा सुरु भएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार आजैमात्र पशुपतिनाथको मन्दिरमा रु एघार सयको देखि रु ५६ हजारसम्मको ४१ वटा पूजा र वासुकी मन्दिरमा रु एकहजार १०० दरको आठवटा विशेष पूजा गरिएको बुझिएको छ । विशेष पूजा मा दक्षिणा वृद्धिको माग गरी भट्टहरूले केहि समय यतादेखि विशेष पूजा रोकेका थिए ।