मङ्लबार, बैशाख ११, २०८१

पत्रकार राणालाई यस बर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौँ ज्येष्ठ १४, सरकारले २०७० सालको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार कवीर राणालाई त्यस्तै वरिष्ठ पत्रकार सम्मानबाट हरिहर विरही, अर्जुन ज्ञवाली र शम्भु श्रेष्ठलाई सम्मानीत गरेको छ ।   निष्पक्ष र जनमुखी पत्रकारिताका माध्यमबाट देश, जनता, लोकतन्त्र र राष्ट्रको सर्वाङ्गिण विकासमा लामो समयदेखि योगदान पु-याएबापत उहाँहरूलाई रु दुई–दुई लाख नगदसहितको सो पुरस्कार प्रदान गरिएको हो ।

kabir_ आज संचार मन्त्रालयमा आयोजित एक विशेषकार्यक्रमकावीच सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै स्वतन्त्र, निष्पक्ष र जिम्मेवारपूर्ण पत्रकारिताका माध्यमबाट पत्रकारले समाज र राष्ट्रको सर्वाङ्गिण विकासका लागि योगदान पु¥याउन सक्ने बताउनुभएको छ । त्यस्तै उहाँले पुरस्कृत व्यक्तित्वहरू लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएको र उहाँहरूको योगदान एवम् क्रियाशीलता सबैका लागि अनुकरणीय रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

त्यस्तै सञ्चार सचिव सुमन शर्माले पत्रकारले सामाजिक परिवर्तनको बाहक र विचार निर्माताको रुपमा राष्ट्रलाई योगदान दिन सक्ने धारणा अभिव्यक्त गर्नु भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले वरिष्ठ एवम् अग्रज पत्रकारका साथसाथै युवा पुस्ताका पत्रकारलाई पनि सम्मान गर्नुपर्ने बताउनुभएको थियो ।

त्यसै गरि पुरस्कृत व्यक्तित्व कविर राणा, वरिष्ठ पत्रकार हरिहर विरही, शम्भु श्रेष्ठ र अर्जुन ज्ञवालीले पनि आफ्नो मनोभा व्यक्त गर्नु भएको थियो भने
पुरस्कार छनोट समितिका सदस्यहरू शिव गाउँले र यशोदा तिमिल्सिनाले पनि विचार अभिव्यक्ति तथा पत्रकारिताको क्षेत्रमा पुरस्कृत व्यक्तित्वले दिनुभएको योगदानको स्मरण गर्दै पुरस्कारको दायरालाई फराकिलो बनाउँदै लानुपर्ने बताउँनु भएको थियो । कार्यक्रममा मन्त्री रिजालले सूचना विभागद्वारा प्रकाशन गरिएको नेपाल परिचयको अङ्ग्रेजी संस्करणको विमोचन गर्नुभयो । सो पुस्तकको आवश्यकताका बारेमा विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले प्रकाश पार्नुभएको थियो ।