बिहिबार, बैशाख १३, २०८१

पत्रकार महासङ्घमा डा. महेन्द्रले नेतृत्व गरेको संयुक्त वामपन्थी प्यानलको वर्चश्व

काठमाडौं वैशाख २२,  नेपाल पत्रकार महासङ्घको २४ औँ महाधिवेशनमा संयुक्त वामपन्थी प्यानलको नेतृत्व गरेका अध्यक्ष डा महेन्द्र ५०९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।  उहाँका निकटतम् प्रतिस्पर्धी प्रजातन्त्रवादी पत्रकारहरुको तर्फबाट उम्मेदवार हुनुभएको पोषण केसीले ४५४ मत प्राप्त गर्नुभएको थियो ।

mahendra-245x300त्यस्तै मतगणणा स्थल प्रत्राभवनबाट हाम्रा सहकर्मीले टिपाएको पछिल्ले समाचार अनुसरा उपाध्यक्षमा डा विष्ट समूहका खिलबहादुर भण्डारीले ४६२ मत ल्याई विजयी हुनुभयो भने उहाँका निकतम् प्रतिस्पर्धी रामजी दाहालले ४५७ मत प्राप्त गर्नुभएको बुझिएको छ । महासङ्घको २३औ महाधिवेशनमा पनि महसचिवका उम्मेदवार रहेको दाहाल २ मतको झिनो अन्तरमा पराजित भएका थिए । त्यस्तै समावेशी उपाध्यक्षमा भने प्रजातन्त्रवादी निकट अनिता विन्दू ५०६ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी महेश दासले ४४९ मत प्राप्त गर्नुभएको छ ।

यसै गरि महासचिवमा प्रगतिशील समूहकै उजिर मगरले ५११ मत ल्याई विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी जगत नेपालले ४५३ मत प्राप्त गरेको थिए ।

खुल्ला सचिव,महिला सचिवमा,समावेशी सचिव र एसोसिएट सचिव र कोषाध्यक्षमा समेत प्रगतिशील समूहकै क्रमस प्रभात चलाउने, सङ्गीता खड्का, धर्मेन्द्र कर्ण ध्रुव लम्साल विजयी भएका छन र सूर्यमणि गौतम विजयी भएका छन । त्यस्तैगरि महासङ्घका् लेखा समितिको संयोजकमा दीपक पाण्डे, सदस्यमा सुनील दाहाल र रञ्जना पौडेल विजयी भएको बुझिएको छ । त्यसैगरि क्षेत्रीय सदस्य, खुला सदस्य, महिला, आदिवासीरजनजाति, अल्पसंख्यक, मधेसी, दलित केन्द्रीय सदस्यमा पनि अधिकांश विष्ट प्यानलकै विजयी  भएका छन ।

यद्यपी पत्रकार महासङघको नव निर्वार्चित कार्यसमितिलाई kantipurhotline.com को तर्फबाट हार्दिक बधाई ज्ञापन   गर्दछौं