शुक्रबार, बैशाख १४, २०८१

पत्रकार महासंघको मतगणना जारी ,जारी मत गणनामा प्रजातन्त्रवादी र वामपन्थी प्यानलबीच तीव्र प्रतिष्पर्धा

काठमाडौँ वैशाख २२, नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका राति १ बजे सकिएको निर्वाचनको मा मतगणना आज विहान करीब चार बजेबाट मात्र शुरु भएको हो । १६ सय ५१ प्रतिनिधि रहेको महासंघको प्रस्तुत निर्वाचामा १५ सय ४७ मत खसेको थियो ।
fng logo 1मतगणणाको प्राप्त पछिल्लो परिणम अनुसार एसोसिएट्सतर्फ नेपाल प्रेस युनियनका उम्मेदवारहरु प्रकाश तिमल्सिना र प्रदीप न्यौपाने विजयी भएका छन् । प्रतिष्ठानमा संयुक्त प्यानलका सुरज आचार्य र रोशन पुरी विजयी भएका छन् ।  मध्यमाञ्चलमा युनियनका शितल महतो र चौतारीका चिरञ्जीवी मास्के विजयी भएको थाह भएको छ ।

सबै पदहरुको परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन समितिलाई उदृत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ । महासंघको आगामी तीन वर्षको नेतृत्वका लागि वामपन्थी पत्रकारहरुको तर्फबाट डा.महेन्द्र विष्ट तथा प्रजातन्त्रवादी पत्रकारहरुको तर्फबाट पोषण केसी नेतृत्वका उम्मेदवारहरुबीच तीव्र प्रतिष्पर्धा रहेको छ ।

यसैवीच प्राप्त नतिजाअनुसार उपत्यकामा संयुक्त प्यानलका ईश्वरी वाग्ले र रामहरी सिलवालले जितेका छन् । वाग्लेकाे ८७ र सिलवालकाे ७७ मत अाएकाे छ । उनीहरूका प्रतिद्वन्दीले ५३ र ५१ मत पाएका छन् ।