शुक्रबार, बैशाख १४, २०८१

नेपाली समाज बुद्धले देखाउनुभएको शान्तिको मार्गमा लम्किरहेको छ : प्रम कोइरालाल

काठमाडोँ वैशाख ३१, प्रधानमन्त्री सुशील कोइरालाले २५५८ औं बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइसहित विश्वभरका बुद्ध धर्मावलम्बीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । शान्तिका अग्रदूत गौतम बुद्धले अहिंसा, susil koiसत्यवादिता, अपरिग्रह, पारस्पारिक सहयोग र परोपकारको जुन सन्देश दिनुभएको छ, ती शास्वत छन् । हिंसा र द्वन्द्वको असैह्य पीडा भोगेको नेपाली समाज बुद्धले देखाउनुभएको शान्तिको मार्गमा लम्किरहेको छ । आपसी सद्भाव, सहमति, सहकार्य र एकताका माध्यमबाट मुलुकमा दिगो शान्ति र राजनीतिक स्थिरता कायम गर्र्न सकिने प्रम कोइराले विश्वास व्यक्त गर्नु भएको छ ।

नेपालका राष्ट्रिय विभूति एवम् एसियाका तारा गौतम बुद्धको उपदेश वा दर्शनका विविध पक्षहरूको खोजी गरी उहाँको जीवनका समग्र पक्षको अध्ययन अनुसन्धान गरी तिनको प्रचारप्रसार गरेर नेपालको गौरव अझ अभिबृद्धि गराउन अफने तर्फ यथासंभव प्रयास गर्ने प्रतिवद्धता सहित उहाले दिगो शान्ति र राजनीतिक स्थिरताको वातावरणमा नै आर्थिक र सामाजिक विकासलाई तीव्रता दिने बताउँदै उहाँले विकासले गति लिएपछि मात्र आम नागरिकलाई सुख र समृद्धि प्राप्त हुन सक्ने बताउनुभएको छ ।

त्यस्तै भगवान गौतम बुद्धले गृह त्याग गरी कठोर साधनाद्वारा प्राप्त गर्नुभएका ज्ञानहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको र त्यसले विश्व मानव समुदायलाई शान्तिको मार्गबाट उन्नतिको बाटो पहिल्याउन प्रेरित गरिरहेको उल्लेख गर्दै प्रम कोईरालाले सन्देशमा मङ्सिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचनपछि मुलुक दिगो शान्ति कायम गर्दै राजनीतिक स्थायित्वको दिशामा अग्रसर भएको उल्लेख गर्दै सन्देशमा प्रम कोइरालाले राजनीतिक दलहरूबीच विकसित हुँदै गएको सहमति, सहकार्य, एकता र मेलमिलापको वातावरणले एक वर्षमा संविधान जारी गर्ने आधार मजबूत बन्दै गएको उल्लेख गर्नुभएको छ ।