शुक्रबार, बैशाख ७, २०८१

नेतृत्व चयनका लागि आज एमाओवादीको निर्वाचनमा हुँदै, निर्वाचनका सवै कार्यक्रम भट्टराई पक्षद्दारा बहिस्कार

काठमाडौं ज्येष्ठ ११, एमाओवादीको पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोका लागि आज निर्वाचन हुने भएको छ । एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मध्यान्न १२ बजेका लागि तय गरिएको निर्वाचनमा एमाओवादीको निर्वाचन समितिले तय गरेको प्रावधानअनुसार १ सय ५१ maoist-office_20140224091425केन्द्रीय सदस्य उम्मेदवार र मतदाता दुवै हुन पाउने व्यवस्था गरिएको छ ।

यसैवचि केन्द्रीय समिति विस्तारमै असहमति जनाउँदै एमाओवादीको प्रस्तुत निर्वाचको सवै कार्यक्रम बाबुराम भट्टराई पक्षले भने बहिष्कार गर्ने यसअघिनै बताइसकेको छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड यसअघि नै निर्वाचित भइसकाले केन्द्रीय सदस्यले पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो चयन गर्नेछन् । १६ स्थायी समिति, ५० पोलिटब्युरो र ७ पदाधिकारीका लागि आफु लगायत सबैलाई भोट दिन पाउनेछन् । केन्द्रीय समितिले पोलिटब्युरो चयन गरेपछि निर्वाचित पोलिटब्युरोले १७ सदस्यीय स्थायी समिति चयन गर्नेछ ।

प्रवक्ता दीनानाथ शर्माले निर्वाचित स्थायी समितिले पदाधिकारीको चयन गर्ने र निर्वाचनका लागि सल्लाहकार समितिका अध्यक्ष नन्दकुमार प्रसाईंको संयोजकत्वमा रामनाथ मैनाली र रामनारायण बिंडारी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको बताउँनु भएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930