बिहिबार, बैशाख १३, २०८१

नेता भट्टराईले गरे महरालाई महासचिव बनाउने प्रस्ताव

काठमाडौं ज्येष्ठ १०,एमाओवादी नेतृत्व छनौटमा देखिएको किचलो समाधान गर्न नेता बाबुराम भट्टराईले नेता कृष्णबहादुर महरालाई महासचिव बनाउन प्रस्ताव गरेका छन। निर्वाचन प्रक्रियाबाट पदाधिकारी,स्थायी समिति र पोलिटव्यूरो छनौट गर्न नसकेपछि अध्यक्ष पुष्पकमल दाहालले सहमतिमै महरालाई महासचिव बनाउन प्रस्ताव गरेका हुन। डेढ वर्षअघि हेटौडामा भएको महाधिवेशनमा दाहालले महरालाई महासचिव बनाउने प्रयास krishna-bahadur-maharaगरेका थिए तर भट्टराई र नेता नारायणकाजी श्रेष्ठको विरोधका कारण त्यतिवेला महासचिव हुन सकेका थिएनन्। यसअघि भट्टराईले आफू पक्षका नेता टोपबहादुर रायमाझीलाई महासचिव बनाउनु पर्ने अडान राख्दैआएको थियो। भट्टराई निकट एक नेताले भने, महरा जीलाई महासचिव बनाउन भट्टराईले प्रस्वाव ल्याउनु भएको छ।

दाहालले निर्वाचनप्रक्रियाबाट नेतृत्व छनौट गर्ने प्रस्ताव ल्याएपछि शनिवार बिहान भट्टराईले आफू पक्षका नेताहरुसँग आफनै निवास सानेपामा छलफल गरेका छन। केन्द्रीय समितिको शनिवार बस्ने बैठकमा निर्वाचन प्रक्रियामा सहभागी हुने वा बहिस्कार गर्ने निर्णय लिन भट्टराई पक्षको बैठक बसेको हो । भट्टराईले पार्टी भित्र र बाहिर लोकतान्त्रिकरण गर्नु पर्ने बिषयलाई व्यापक रुपमा उठाउँदै आएका छन।

केन्द्रीय समितिको एक सय ५१ सदस्यले ५१ सदस्यीय पोलिटव्यूरो छान्नेछ भने ५१ सदस्यीय पोलिटव्यूरोले १७ सदस्यीय स्थायी समिति छान्‍नेछ। पदाधिकारीको संख्याका बारेमा भने नेताहरु वीच सहमति भइसकेको छैन। पाँच,सात वा ११ सदस्यीय बनाउने वारेमा छलफल चलिरहेको छ। महरा महासचिव भएमा पोष्टबहादुर बोगटी उपाध्यक्ष हुनेछन्। भट्टराईले अग्नी सापकोटा, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लोकेन्द्र बिष्ट, देवेन्द्र पौडेल, नन्दकिशोर पुन, चन्द्रप्रकाश खनाल, हेमन्तप्रकाश वली, गोपाल किराँती, हितराज पाण्डे जस्ता नेतालाई स्थायी समितिमा लैजानु पर्ने प्रस्ताव गरेको खवर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।