शनिबार, बैशाख ८, २०८१

नितिगत निर्णयकालागि संविधान मस्यौदा लगायतका समितिहरुको बैठक बस्दै

काठमाडौं बैशाख २९, मंगलवार बस्ने बस्ने संविधानसभाको बैठक प्रयोजनार्थ आवश्यक कार्य सूचीका विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । आजको बैठकले संविधानसभामा पेश गर्ने सूचीका विषयमा छलफल गर्ने नितिगत योजना तय गरेको बुझिएको छ।  त्यस्तै bidhan sava संविधानसभाको संविधान मस्यौदा समितिको बैठक पनि आजै बस्दैछ । दिउँसो बोलाइएको बैठकमा संविधान निर्माणका विषयमा विज्ञहरुसँग छलफल गरिनेछ । बैठक दिउँसो १ बजे बस्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि शुक्रवार बसेको बैठकमा समितिले संवैधानिक कानुनका ज्ञाता डा. भीमार्जुन आचार्य लगायतका व्यक्तिसंग छलफल भएको थियो । संविधानको मस्यौदा लेख्ने जिम्मेवारी पाएको समितिले संविधानसभाले सहमति भएका विषय समितिका उपलब्ध नगराएका कारण काम पाउन भने सकेको छैन् ।
यसैबीच व्यवस्थापिका संसद अन्र्तगतको विधान समितिको बैठक पनि आज ११ बजे बस्ने कार्यक्रम छ । बैठकमा आफ्नो कार्यक्षेत्रबारे छलफल हुने समितिका एक सदस्यले जानकारी दिनुभयो । आजै सार्वजनिक लेखा समितिको बैठक बस्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।