शुक्रबार, बैशाख १४, २०८१

धूम्रपानका कारण नेपालमा दैनिक ४२ जनाले ज्यान गुमाउँदै

आज विश्व धूमपानरहित दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम सहित मनाइँदै

काठमाडौं ज्येष्ठ १७,  विश्व धूम्रपानरहित दिवसका अवसरमा राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धूम्रपानका कारण नेपालमा दैनिक ४२ जनाले ज्यान गुमाउँदै आएको  तथ्यांक सार्वजनिक गरेको छ। पछिल्लो १० वर्षमा धूम्रपानका कारण ज्यान smoking-400गुमाउनेको संख्या दोब्बर बढेको जानकारी पनि त्यस अवसरमा दिइएको छ। आज विश्व धूमपानरहित दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम सहित शनिबार मनाइँदैछ। सूर्तीजन्य पदार्थमा करको दर बढाऔं र सुर्तीजन्य पदार्थको सेवन घटाऔं जीवन बचाऔ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो।

विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोग क्यान्सर, मुटु, मधुमेहलगायतका प्रमुख कारण धूमपानलाई लिने गरिएको छ। नेपालमा अझै पनि ३७ प्रतिशत भन्दा बढीले धूमपान गर्ने गरेको तथ्यांक छ। सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन एेन कार्यान्वयनमा आउन नसक्दा धूमपान गर्नेलाई अझ प्रोत्साहन मिलिरहेको छ। तथ्यांकअनुसार सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सरबाट विश्वमा प्रत्येक वर्ष ६० लाख मानिसको मृत्यु हुने गरेको छ।