शुक्रबार, चैत्र १६, २०८०

दलहरूमा स्थानीय निर्वाचन गर्ने प्रतिबद्धता सेलाउँदै गएकोमा प्रमुख निर्वाचन आयुक्तद्धारा चिन्ता व्यक्त

काठमाडौँ ज्येष्ठ १ , गत मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनको पर्यवेक्षण गरेको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)द्वारा तयार गरेको निर्वाचन प्रतिवेदनलाई आज यहाँ सार्वजानिक गर्दै प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक दलहरूमा स्थानीय निर्वाचन गर्ने imagesप्रतिबद्धता सेलाउँदै गएकामा चिन्ता व्यक्त गर्नु भएको छ।

त्यस्तै उहाँले आयोगले आफ्नो क्यालेण्डर बनाएर निर्धारित मितिमा निर्वाचनहरू सम्पन्न गर्न पाए पो यसले लोकतन्त्र र प्रजातन्त्रलाई जीवन्तता दिन्छ, भन्दै राजनीतिक दलहरूले आफ्नो अनुकूल वातावरणमा हेरेर निर्वाचनको मिति तोक्ने काम गर्न नहुने जिकीर गर्नु भएको छ ।

संविधनसभा निर्वाच प्रतिवेदन सार्वजनिकी करण कार्यक्रममा नियोगका अध्यक्ष एवम् पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले संविधानसभाको निर्वाचन विभिन्न अप्ठ्याराका बीचमा निष्पक्ष, धाँधलिरहितरुपमा सम्पन्न भएकामा सबैले आयोगलाई धन्यवाद दिदै नियोगले करिव दस हजार पर्यवेक्षकमार्फत निर्वाचनको पर्यवेक्षण गरेको थियो । निर्वाचन पूर्व, निर्वाचनका दिन र निर्वाचनपछि गरी तीन चरणमा निर्वाचनको पर्यवेक्षण गरिएको जानकारी दिनु भएको थियो ।