बिहिबार, बैशाख ६, २०८१

थाइल्याण्डका प्रधानमन्त्री सिनावात्रालाई सत्ताच्युत गरी सेनाद्धारा सत्ता कब्जा

सैनिक कानुन (मार्शल ल) लागू भएको घोषणा

एजेन्सी ज्येष्ठ ६,  थाइल्याण्डमा सरकार विरोधी आन्दोलन चर्किरहेको बेला सेनाले सत्ता कब्जा गरेको छ । सेनाले प्रधानमन्त्री यिङलक safe_imageसिनावात्रालाई सत्ताच्युत गरी सत्ता हातमा लिएको घोषणा गर्दै त्यहाँका सैनिक प्रमुख प्रयुधन चान ओचाले एक वक्तव्य जारी गर्दै सत्ता पक्ष र विपक्षबीच बढ्दो तनावका कारण देखिएको अशान्ति न्युनकरण गर्न सत्ता हातमा लिनु परेको बताएको छ । थाइल्याण्डमा विगत लामो समयदेखि सरकार पक्ष र विपक्षीले सडक आन्दोलन चर्काएर अशान्तिको वातावरण मौलाउँदै आएको थियो । सेनाको यो कदम पछि सरकार समर्थकले अर्को आन्दोलनको थालनी गर्ने सक्ने अनुमान समाचारस्रोहरुले गरेका छन । फलस्वरुपराजधानी बैंककमा ठूलो सङ्ख्यामा सैनिक परिचालन गरिएको छ ।

यद्यपी सैनिक प्रमुख प्रयुधनले आफ्नो वक्तव्यमा सत्ता पक्ष र विपक्षबीच बढ्दो तनावका कारण देखिएको अशान्ति न्युनकरण गर्न सत्ता हातमा लिएको र छिटै सबै पक्षबीच सहमति भएपछि पछिआफुहरु हट्ने बताएका छन् । त्यस्तैविज्ञप्तिमा मार्शल ल’ अनुरुप केही टेलिभिजनहरुलाई हाल सञ्चालित कार्यक्रम बन्द गर्न पत्राचार गरिएको बताइएको छ । हालको सत्तापक्ष र विपक्षका रुपमा निकै कडा रुपमा बिभाजन भएको सो देशमा सैनिकले मङ्गलबार सो कानुन लगाएको समाचारमा जनाइएको छ । केही टिभी च्यानलहरु पनि बन्द गर्न पत्राचार गरिएको छ । ती च्यानलले कुनैले सरकारी पक्षका र कुनैले विपक्षीहरुका मात्र समाचार दिएको भन्दै च्यानलहरु बन्द गराइएको छ।