बिहिबार, बैशाख १३, २०८१

तीनबुँदे सहमति पछि स्ववियु निर्वाचन स्थगित

  काठमाडौँ ज्येष्ठ ९, त्रिभुवन विश्वविद्यालयले आउँदो साता अर्थात ज्येष्ठ १८ गते गर्ने भनिएको स्ववियुको निर्वाचन स्थगित गरेको छ । त्रिवि र  अनेरास्ववियु, नेवि सङ्घ, अखिल 9क्रान्तिकारी)लगायत १९ विद्यार्थी सङ्गठनबीच आज भएको तीनबुँदे सहमति पछि त्रिविले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । विद्यार्थी सङ्गठन र त्रिविबीच भएको तीनबँुदे सहमतिमा यही जेठ १८ गते गर्ने भनिएको स्ववियु निर्वाचन स्थगित गर्ने, विद्यार्थी सङ्गठनले गर्दै आएको आन्दोलन फिर्ता लिने र त्रिविले विद्यार्थी सङ्गठनबीच छलफल गरी स्ववियु निर्वाचनको नयाँ मिति तय गर्ने नितिगत सहमति कायम गरिएको छ।