बिहिबार, बैशाख १३, २०८१

जातीय विभेद न्यूनीकरण गर्न ऐनको कार्यान्वयनलाई प्रभावकारी बनाउन सरोकारवालाहरुको जोड

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन अभियान२०७१

(फाइल फोटो )

काठमाडौँ ज्येष्ठ १०, जातीय भेदभाव तथा छुवाछूत उन्मूलन अभियान आजदेखि सुरु भएको छ ।  राष्ट्रिय दलित आयोग र दलित नागरिक समाजले १२ दिनसम्म सञ्चालन गर्ने अभियानको आज एक कार्यक्रमका बीच दलित नेता तथा अधिकारकर्मीद्वारा सामूहिक उद्घाटन गरियो । अभियानको उद्घाटनसत्रमा दलित आयोगका वरिष्ठ सदस्य सीताराम मण्डलले छुवाछूत ऐन लागू भइसकेपछि पनि मुलुकका विभिन्न स्थानमा छुवाछूतका घटना बढ्दै गएकोमा चिन्ता प्रकट गर्नु भएको छ भने आयोगका अर्का सदस्य सन्तोष परियारले आयोगमा दर्ता भएका जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी केही घटनाको सार्वजनिक गर्दै आयोगमा ७२ वटा छुवाछूतका घटना दर्ता भएको र सोको सम्बोधनको लागि आवश्यक कानुनी प्रक्रियामा अगाडि बढाइएको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सभासद् विष्णु परियार, दलित गैरसरकारी संस्था महासङ्घका अध्यक्ष गजाधर सुनार, दलित आन्दोलनका अगुवा पदम सुनदास, जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विकलागतका वक्ताहरुले अभियानको आवश्यकता र औचित्य माथि प्रकास पार्नु भएको थियो ।

यसैवीच दलितसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाद्वारा राजधानीमा आज आयोजित अन्तक्र्रियाका वक्तालेहरुले जातीय भेदभाव तथा छुवाछूत ऐनको कार्यान्वयनलाई प्रभावकारी बनाउन राज्य संयन्त्रमा समानुपतिक प्रतिनिधित्वको आवश्यक रहेकोमा जोड दिनु भएको छ। त्यस्तै उनिहरुले राज्य संयन्त्रमा दलितको समानुपतिक प्रतिनिधित्वको नभएका कारण जातीय विभेद न्यूनीकरण गर्न नसकिएको बताएका छन । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् जीवन परियार, नेकपा एमालेका केन्द्रीय सदस्य जितु गौतम दर्जी,त्यस्तै सभासद्हरू दुलारी हरिजन र खड्क बस्याल र राष्ट्रिय दलित मुक्ति मोर्चाका संयोजक तीलक परियारलले ऐनको कार्यान्वयमा जोड दिनु भएको थियो ।