शुक्रबार, चैत्र १६, २०८०

जननायक विपी कोईरालाको जन्म शताब्दीको अवसरमा ऐतिहासिक फोटो प्रर्दशनी गरिने

काठमाडौं बैशाख ३०, सांस्कृतिक  संग्रहालय नेपालले नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज, नेपाली साहित्य जगतका मुर्धन्य व्यक्तित्व तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व विश्वेश्वर प्रसाद कोइरालाको १००औं जन्म शताव्दीका अवसरमा उनीसंग सम्बन्धित विभिन्न कालखण्डका साथै राजनीतिक जीवन तथा साहित्यिक कार्यसंग सम्बन्धित फोटो, दस्तावेज तथा अन्य जानकारीमूलक वस्तुहरुको प्रदर्शन गर्ने भएको छ ।

संग्रहालयका अध्यक्ष क्षितिजअरुण श्रेष्ठका अनुसार कोइराला बहुमुखी प्रतिभाका धनी तथा नेपाली राजनीतिमा सुपरिचित व्यक्तित्व भएका कारण उनका अमिट योगदानको प्रचार–प्रसारका  गर्नुको अलावा बहु बौद्धिक व्यक्ति विपी कोइरालाका बारेमा संमग्र जानकारी गराउने उद्देश्यले नेपालमा प्रथम पटक जननायक विपी कोइरालाका १०० वर्ष शिर्षकमा ऐतिहासिक फोटो प्रदर्शनीको आयोजना गर्ने लक्ष्य निर्धारण गरेको बताउँनु भएको छ । प्रस्तुत कार्यक्रमको  संरक्षकमा नेपाली काँग्रेस केन्द्रीय समिति र सम्बन्धमा  विपी कोईराला स्मृति ट्रस्ट र विपी चिन्तन प्रतिष्ठान रहको छ ।

प्रदर्शनीको आयोजना सम्बन्धमा थप जानकारीको  यहाँ क्लिक गर्नुहोला