बुधबार, बैशाख १२, २०८१

गुण्डागर्दी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न गृहको विशेष अभियान

काठमाडौँ ज्येष्ठ १७, गृह मन्त्रालयले गुण्डागर्दी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने अभियानलाई देशभर प्रभावकारी रूपमा अघि बढाएको छ । मन्त्रालयले गुण्डागर्दी नियन्त्रण कार्ययोजना तयार गरी अभियानका रूपमा देशभर प्रहरी कारबाही चलाइएको, गुण्डागर्दी नियन्त्रण गर्ने विशेष home ministry_20140512091923दस्तासमेत परिचालन गरिएको जनाएको छ । गृहको यस अभियान अन्र्तगत क्रस पेट्रोलिङ्, लङ्रेन्ज पेट्रोलिङ, अँधेरी गस्ती, ग्रामीण गस्तीलाई प्रभावकारी रूपमा लागू गरिने मन्त्रालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा काठमाडौँ उपत्यकाका सबै नाकामा आपराधिक क्रियाकलाप हुन नदिन, अत्याधुनिक सिसी टिभी जडान गरी चेक जाँचको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । जसअनुरुप उपत्यका प्रवेश गर्ने नागढुङ्गा, फर्पिङ्, छैमलबाट मकवानपुर जाने बाटो, बाँडभञ्ज्याङ्, नाङ्लेभारेबाट सिन्धुपाल्चोक जाने बाटो, डाँडाकटेरीबाट मानचुली लेक जाने बाटो, बूढानीलकण्ठबाट फेदीखोला हुँदै नुवाकोट जानेबाटो सुन्दरीजलबाट नुवाकोट जाने बाटोहरूमा नाका सुरक्षा योजना बनाई कुनैपनि आपराधिक क्रियाकलाप हुन र गर्न नदिने व्यवस्था मिलाइएको बताइएको छ ।

त्यसैगरी राजधानीमा फुटपाथ अनधिकृत रूपमा कब्जा गरी व्यापार व्यवसाय गर्नेहरूलाई महानगरपालिका, नगरपालि���ा, गाविस कार्यालय तथा ट्राफिक प्रहरीसँग समन्वय गरी कालीमाटी, सुन्धारा, न्यूरोड खुल्लामञ्च, रत्नपार्क, गोङ्गवु, बौद्ध, कोटेश्वर, कलङ्की एरिया लगायतका स्थानहरूका सबै फुटपाथ हटाइएको र वैकल्पिक व्यवस्थाका लागि सरोकारवाला निकायको टोलीले उपयुक्त स्थानको छनोटका लागि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । जथाभावी सवारी पाकिङ गरी सडक आवागमनमा अवरोध गर्ने कार्यलाई निरुत्साहित गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकासँग समन्वयन गरी पाकिङ गरिएका साधनहरूलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाहीका लागि ट्राफिक प्रहरी महाशाखा पठाउने गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उल्लिखित विवरणअनुसार उपत्यकाको विभिन्न सडकखण्डमा जथाभावी सवारीसाधन पाकिङ्ग गरी सडक आवागमनलाई अवरोध पार्ने कार्यविरुद्धको अभियान सञ्चालन गरिएको विगत तीन महिनाभित्रमा त्यस्ता कार्य गर्ने दुई हजार ६८९ जना चालकलाई कारबाही गरिएको छ । तीन महिनाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने ८९ हजार ३९० वटा सवारीसाधनलाई कारबाही गरी रु दुई करोड ३४ लाख १४ हजार राजस्व सङ्कलन भएको जनाएको छ ।