शनिबार, बैशाख ८, २०८१

गणतन्त्र दिवस भव्यरूपले मनाउन प्रम कोइरालाको अध्यक्षतामा मूल समारोह समिति गठन

काठमाडौँ वैशाख २२, आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवस २०७१ भव्य तथा उल्लासमय वातावरणमा मनाउन प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन भएको छ । समितिको आज सिंहदरवारमा बसेको बैठकमा गणतन्त्र दिवसलाई Ganatantra-Diwas-Paper-220x160राष्ट्रिय दिवसको रूपमा मनाउन तीन दिने कार्यक्रमको घोषणा गरिएको छ ।

२२ सदस्यीय सो समितिमा प्रधानन्यायाधीश, सभामुख, मन्त्री, सभासद्, संवैधानिक अंगका प्रमुख, प्रतिष्ठान, विश्वविद्यालय, सेना–प्रहरी प्रमुख, राजनीतिकदलका प्रमुखहरूलगायत विशिष्ट व्यक्तिहरू, सरकारी अधिकारी, विभागीय प्रमुखहरू सदस्य रहनुभएको छ ।  त्यस्तैगरि गणतन्त्र दिवस मनाउन सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालको संयोजनमा २३ सदस्यीय प्रचारप्रसार उप–समिति, काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजनमा आठ सदस्यीय मञ्च सजावट तथा मञ्च व्यवस्था उप–समिति र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुखजिल्लाहधिकारीका संयोजनमा व्यवस्थापन समन्वय उप–समिति पनि सो वैठकमा गठन गरिएको छ ।