बिहिबार, बैशाख ६, २०८१

कामपाले करको दायरामा नआउने १२ वटा तारे होटेललाई कारबाही गर्दै

काठमाडौँ वैशाख २६, पटकपटक सूचना जारी गर्दा पनि वेवास्ता गरि वषौंदेखि करको दायरामा नआएका १२ वटा तारे होटेललाई महानगरपालिकाले कारबाही गर्ने भएको छ । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले करको दायरामा नआउने व्यवसायीलाई करको दायरामा kmc office ल्याउन स्वायत्तः शासन ऐन २०५५ अनुसार होटेलको चलअचल सम्पत्ति रोक्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएको जनाउँनु भएको छ।

महानगरपालिकाले यसरी कारवाई गर्न लागेको तारे होटेल क्रमस मल्ल, रोयलसिङ्घे, सोल्टी, हायात रिजेन्सी, -याडिसन, एभरेस्ट, शङ्कर, माउन्टेन, ल्यान्डमार्क, मार्कोपोलो, याक एण्ड यति र साङ्ग्रीला होटेल विसं ०५६/०५७ देखि नै महानगरपालिकाको करको दायरामा आएका छैनन् । त्यस्तै महाशाखाका अनुसार यस अघि यि होटेल व्यवसायीलाइ करको दायरामा ल्याउनका लागि गत १८ गतेदेखि एक हप्ताका लागि सार्वजनिक सेवाअन्तर्गत फोहोर सङ्कलन रोक्का गर्दा पनि करको दायरामा आउने कुनै लक्षण नदेखेपछि अव व्यवसायीको सम्पत्ति हस्तान्तरण रोक्का गर्ने निर्णयमा कामपा पुगेको बुझिएको छ।