शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं प्रहरीका प्रमुख खरेलको सरुवा आयोगको असहमतिले रोक्यो

काठमाडौ ज्येष्ठ १६, विवादास्पद अभिव्यक्तिको नाममा प्रहरी मुख्यालय तानिएका काठमाडौं प्रहरीका प्रमुख एसएसपी रमेश खरेलको सरुवा रोकेको 2014-02-08-1391912132छ । आसन्न अषाढ ८ गते समपन्न हुन् गइरहको संविधानसभा सदस्यको उप निर्वाचन प्रयोजनार्थ लागु गरिएको आचारसंहिताका कारण आयोगले एसएसपी खरेलको सरुवा आचारसंहिता विपरीत भएको भन्दै रोकेको हो । यस अघि एसएसपी खरेलको सरुवाका लागि गृहले आयोगको सहमतिका लागि गरेको पत्राचार उपर आयोगको आज बसेको बैठकले खरेलको सरुवामा सहमति नदिने निर्णय गरेको प्रवक्ता वीरबहादुर राईले बताउँनु भएको छ ।

एसएसपी खरेल सार्वजनिक समारोहमा आफू भन्दा माथिका अधिकृतमाथि टिप्पणी गरेको भन्दै उनलाई प्रहरी प्रधान कार्यालय तान्ने निर्णय गरिएको थियो । उनले डीआईजीहरु बढूवाका लागि ब्रिफकेश बोकेर शक्ति केन्द्र धाउछन् भनी सार्वजनिक कार्यक्रममा बोलेका र उनको अभिव्यक्तिबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालय डिआईजी बिज्ञान शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।