मङ्लबार, बैशाख ४, २०८१

काँग्रेसले तयारी पूरा नभएको भन्दै आसन्न् १३औ महाधिवेशन एक वर्ष पछि सार्ने

काठमाडौं बैशाख २८, काँग्रेसको २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा सम्पन्न १२औं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कार्यसमितिको म्याद असोज ४ गते सकिने मिति नगिचैदै गर्दा तेह्रौं महाधिवेशनको तयारी पूरा नभएको भन्दै आसन्न् १३औ महाधिवेशन एक वर्ष पछि BP_smriti_bhawan_Nepali_congressसर्ने भएको छ।  महाधिवेशन हुनुभन्दा एक वर्षअघि गाउँ, क्षेत्र र जिल्ला अधिवेशनका लागि सदस्यता वितरण र नवीकरण गर्नुपर्ने भए पनि अहिलेसम्म कांग्रेसले यस्तो प्रक्रिया सुरु गरेको छैन। समयावधिभित्रै महाधिवेशन गर्नुपर्ने हो तर सदस्यता र क्रियाशील सदस्यता वितरण र नवीकरणलगायतका काम हुन सकेको छैनु, काँग्रेसको विधानमा तयारी नभएको अवस्थामा एक वर्ष म्याद थप्न पाउने विधानत व्यवस्था गरिएको छ ।

केन्द्रीय महाधिवेशन हुनुअघि कम्तीमा ६ महिनाअघि जिल्ला अधिवेशन गर्नुपर्ने हुन्छ। तर चारवर्षे कार्यकाल सकिन अब पाँच महिनामात्रै बाँकी रहे पनि कांग्रेसले गाउँ, क्षेत्र र जिल्ला अधिवेशनको मितिसमेत तोकेको छैन। अगामी असोजमा संविधान निर्माणका लागि महत्त्वपूर्ण छलफल गर्नुपर्ने भएकाले पनि कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको   बुझिएको छ।   कांग्रेसमा महाधिवेशन हुने वर्षभरि नयाँ सदस्यता वितरण, नवीकरण, क्रियाशील सदस्यता वितरण, भ्रातृ संस्थाका अधिवेशन सम्पन्नलगायतका गतिविधि सम्पन्न गरेरमात्रै गाउँ, क्षेत्र र जिल्ला अधिवेशन सुरु हुन्छन्।