मङ्लबार, बैशाख ११, २०८१

कम्युनिस्टबीचको एकता मुलुकको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौँ ज्येष्ठ १२, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालमा राज्यबाट मारिएका पत्रकार कृष्ण सेन इच्छुकको १२औँ स्मृति kishor1दिवसका अवसरमा क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै नयाँ विचार र अग्रगामी शोचको आधारमा क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनु मुलुकको आवश्यकता रहेको बताउनुभएको छ । त्यस्तै उहाँले आवाज विहीनहरूको आवाजलाई राष्ट्रको मूलप्रवाहमा ल्याएर संस्थागत गर्न दिन रातदिन मिहेनत गर्न उहाँले सञ्चारकर्मीलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा माओवादीका अध्यक्ष मोहन वैद्यले भावनाका आधारमा भन्दा पनि आवश्यकताले एकता प्रक्रिया अगाडि बढ्ने भन्दै कम्युनिस्ट एकताको विकल्प नभएको बताउँनु भएको थियो भने एमाओवादीका नेता डा kishorबाबुराम भट्टराईले कम्युनिस्ट पार्टीभित्र विचारको बहस हुँदा त्यसलाई नकारात्मक तवरले प्रचार गर्ने प्रवृत्ति गलत भएको पषलाइ उजारगरण गर्नु भएको थियो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार सङ्घले हरेक वर्ष प्रदान गर्दै आएको रु दश हजार र सम्मानपत्र सहितको ‘कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार’ ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रदान गरिएको थियो । तर पुरस्कारकास्वरुप प्राप्त नगद रु दश हजार पत्रकार श्रेष्ठले पत्रकार कल्याण कोष स्थापनानार्थ संघका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गर्नुभएको थियो ।  कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, नेपाल प्रेस युनियनका वाग्मती अञ्चल अध्यक्ष होमप्रसाद लम्साललगायतले बोल्नु भएको थियो ।  फोटो साभार: किशोर श्रेष्ठको facebook page