शनिबार, बैशाख ८, २०८१

औषधिमा खरिदमा चरम अनियमितता गर्ने सहसचिव सहित छ जना पक्राउ

काठमाडौं ज्येष्ठ २, निःशुल्क वितरण गर्न खरिद गरिएका औषधिमा चरम अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालयका सहसचिवसहित छ जनालाई पक्राउ गरेको छ भने दुईजनालाई निलम्बन गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता श्रीधर akhtiyar-ayoogसापकोटाका अनुसार गुणस्तरहीन औषधि खरिदमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा लखनलाल साह र आपूर्ति व्यवस्था महाशाखा, टेकूका प्रमुख तारानाथ पोखरेलको समेत संलग्न रहेको पाइएकाले उनीहरूलाई निलम्बन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आजै निर्देशन दिइएको बताउँनु भएको छ।

त्यस्तै गरि औषधि खरिदमा अनियमितता गरी आवश्यकताभन्दा बढी औषधि खरिद गरेको अभियोगमा राष्ट्रिय यौन रोग तथा नियन्त्रण महाशाखाका प्रमुख डा नरेशप्रताप केसी, बाल स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर चन्द, स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत पवनप्रसाद कोइराला, विभागका तत्कालीन महानिर्देशक डा मिङमार गेल्जेन शेर्पा, विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामसुन्दर यादव, आपूर्ति महाशाखाका जनस्वास्थ्य निरीक्षक हिमलाल ज्ञवालीलगायतलाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको प्रवक्ता सापकोटाले बताउनुभएको छ ।