मङ्लबार, बैशाख ११, २०८१

एमाओवादी पोलिटव्यूरो सदस्य निर्वाचनको परिणाम सार्वजनिक(प्राप्त मत सहित)

काठमाडौं ज्येष्ठ ११, एमाओवादीमा पोलिटव्यूरो सदस्यको लागि आज भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । निर्वाचन प्रक्रिया प्रति असहमति जनाउँदै डा। बाबुराम भट्टराई पक्षका प्राय नेताहरु बहिष्कारका वावजुद पनि सम्पन्न भएको निर्वाचनमा खसेको एक सय १६ मत मध्ये maoist-office_20140224091425पोष्टबहादुर बोगटीले सबैभन्दा बढी १०० मत पाएको सम्वद्ध स्रोतले जनाएको छ । त्यस्तै एक सय ५० जना केन्द्रीय सदस्यहरु सबै उम्मेद्वार घोषणा गरि निर्वाचनमा बढि मत ल्याउने ५१ सदस्यीय पोलिटव्यूरो सदस्यको लागि भएको भएको प्रस्तुत निर्वाचनमा निर्वाचन प्रक्रिया बहिष्कार गरेका नेता बाबुराम भट्टराईले ९२ मत र पाए । नारायणकाजी श्रेष्ठले ९९ मत त्यस्तै गरि कृष्णबहानदुर महराले ९७ मत प्राप्त गरेको बुझिएको छ।

 एमाओवादीमा ५१ सदस्यीय पोलिटव्यूरो रहने र निर्वाचित पोलिटव्यूरो सदस्यले १७ सदस्यीय स्थायी समिति पदाधिकारी सदस्यका लागि मतदान गर्ने प्रावधान मिलाइएको छ । साथै आज निर्वाचित पोलिटव्यूरो सदस्यहरुबाट  १७ सदस्यीय स्थायी समिति तथा पदाधीकारीका चयनका लागि सोमबार निर्वाचन गर्ने बताईएको छ ।

 एमाओवादीका निर्वाचित पोलिट्व्यूरो सदस्यहरु :  पोष्टबहादुर बोगटी  १००,  डा बाबुराम भट्टराई  ९२ , नारायणकाजी श्रेष्ठ ९९, कृष्णबहादुर महरा ९७, टोपबहादुर रायमाझी९५ , गिरिराजमणि पोखरेल ९६ , वर्षमान पुन९८, लीलामणि पोखरेल ९५, दीनानाथ शर्मा ९२, हरिबोल गजुरेल ९५, अग्निप्रसाद सापकोटा ९६, शक्तिबहादुर बस्नेत ८९, जनार्दन शर्मा ९६ , हिसिला यमी८४, नन्दबहादुर पुन ९८, चक्रपाणि खनाल , लोकेन्द्र बिष्ट मगर९७, देवेन्द्र पौडेल९९, हेमन्तप्रकाश ओली ९३, गोपाल किराँती, हितराज पाण्डे ९६, सुरेन्द्र कार्की, लेखराज भट्ट ८५, विश्वभक्त दुलाल ८६ ,विश्वनाथ शाह ९३, डिलाराम आचार्य८६ , रामचन्द्र झा ९५, उर्मिला अर्याल ९७, नारायणप्रसाद दाहाल ८८, बामदेव क्षेत्री ४३, ध्रुव पराजुली ५८, सन्तु दराई ७१, गणेशमान पुन८८, हितबहादुर तामाङ ८१, जगप्रसाद शर्मा ६३, कालीप्रसाद मल्ल७५ , कमला रोका ४६, ओनसरी घर्ती मगर८७, झक्कुप्रसाद सुवेदी ७७, हरिराज अधिकारी, गङ्गानारायण श्रेष्ठ  ५६, प्रभु साह ४८, टङ्क आङबुहाङ ७६, सुरेशकुमार राई, शशी श्रेष्ठ८१ , प्रल्हाद बुढाथोकी ६६, डीआर पौडेल, रेखा शर्मा  ६३, महेन्द्र पासवान ७५ र पूर्णकुमारी सुवेदी ६३ हुनुहुन्छ ।