शुक्रबार, चैत्र १६, २०८०

उप-निर्वाचनको लागि काठमाडौं काँग्रेस क्षेत्र २ मा उम्मेदवारको नाम सिफारिस

काठमाडौँ ज्येष्ठ ७, आसन्न संविधानसभाको उप निर्वाचनका लागि कांग्रेस काठमाडौं २ नम्बर क्षेत्रीय समितिले तीन जनाको नाम सिफारिस गरेको nc jhandaछ । उप-निर्वाचनको लागि सिफारिस भएका तीन जनाको नाम मध्य महासमिति सदस्य दीपक कुइँकेल, २ नम्बर क्षेत्रीय सभापति उपेन्द्र कार्की र वडा नम्बर ९ का पूर्व वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठ रहेका छन ।

 क्षेत्रीय सदस्य पुरुषोत्तम चौलागाईंका अनुसार बुधबार बसेको क्षेत्रीय समिति बैठकले सर्वसम्मतरुपमा तीन जनाको नाम सिफारिस गरेको हो । बौद्धिक छविका कुइँकेल पहिलो संविधानसभा निर्वाचनमा झिनो मतान्तरमा पराजित उम्मेदवार हुन् ।