बिहिबार, बैशाख १३, २०८१

उप-निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, काठमाडौं काँग्रेसले अपरान्ह १ बजे उम्मेदवारी दर्ता गराउँने

काठमाडौं ज्येष्ठ ११, आगामी अषाढ ८ गते हुन संविधानसभा सदस्यको उप निर्वाचनका लागी निर्वाचन आगोगले आज उम्मेदवारी दर्ताको कार्यक्रम nirvachan-aayogतय गरेको छ । आयोगका अनुसार आज बिहान १० बजेदेखि पाँच बजेसम्म उम्मेदवार दर्ताको समय दिइएको निर्वाचन आयोगले जनाएको छ । काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलाली ६ मा उप निर्वाचन हुने क्रमस । निर्वाचनको लागि दलहरुले यसअघि नै उम्मेदवार तय गरिसकेका छन् ।

आयोगका अनुसार जेठ १८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यसैक्रममा काठमाडौं  काँग्रेसले आज अपरान्ह १ बजे शान्तिवाटीका बाट जुलुस सहित काठमाडौं क्षेत्र न २ का उम्मेदवार दिपक कुइकेलको उम्मेदवारी दर्ता गराउँन जाने कार्यक्रम तय गरेको काठमाडौं काँग्रेसका सभापति भिमसेनदास प्रधानले जानकारी दिनु भएको छ ।