बिहिबार, बैशाख १३, २०८१

आज गणतन्त्र दिवस विविध कार्यक्रम सहित मनाईदै

  काठमाडौँ ज्येष्ठ १५, नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आजबाट छ वर्ष पूरा भएको छ । यसै अवसरमा आज विविध कार्यक्रम सहित गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा घोषित कार्यक्रमअनुसार हिजो,आज र भोलि राष्ट्रिय 3स्तरमा विभिन्न कार्यक्रम आयोजना गरिने निर्णय यस अघिनै गरिसकेका छन ।

  यसै क्रममा आज बिहान ८ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री एवम् गणतन्त्र मूल समारोह समितिका अध्यक्ष सुशील कोइराला, विभिन्न संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारीलगायतको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिँदै छ ।