शनिबार, बैशाख ८, २०८१

अवैध सुनका गहन सहित दुईजना पक्राउ

काठमाडौं ज्येष्ठ ४,राजधानीको वडा नं १३ टंकेश्वर एरियावाट भन्सार छलि ल्याएको अवैध सुन सहित प्रहरीले दुईजनालाइ पक्राउ गरेको छ ।
 प्रहरीका अनुसार पक्राउ परेको अभियुक्तहरुले लुकाई छिपाई गरगहना लगिरहेको छ भन्ने विशेष सूचनाको आधारमा उक्त एरियामा चेकजाँच गर्दा जिल्ला रामेछाप घर भई हाल गणवहाल खिचापोखरी वस्ने वर्ष २१ को निकेल वहादुर नगरकोटी र जिल्ला धादिङ्ग घर भई हाल कालीमाटी वस्ने वर्ष ३० को विनोद कार्कीलाइ वा २८ प ८०३९ निलो पल्सर मो.सा सहित पक्राउ गरेको हो ।

साथै प्रहरी निजहरुको साथबाट ४ किलो वरावरको सुनका सिक्री ४३ थान फेला पारेको जनाउँदै अवश्यक कारवाहीका लागि मनप्र वृत्त कालीमाटीमा राखी थप अनुसन्धान कार्य गर्दै अगाडि बढाएको जनाएको छ।